
चितवनः चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
काठमाडौंबाट धनगढी गइरहेको ना.६ ख २४६८ नम्बरको बस आज विहान अनियन्त्रित भई सडकको नालीमा पल्टेर दुर्घटना भएको हो।
दुर्घटनामा बर्दिया, मगरागढी–६ का २६ वर्षीय राजकुमार थारु, उनकी तीन महिनाकी छोरी र बस चालक कैलालीका दिनेश राना मगरको मृत्यु भएको हो।
दुई जनाको घटनास्थलमै र बस चालकको भने उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरुको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।