PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

दश दिनपछि भारतमा नेपाली यू-१९ क्रिकेट टोलीको अभ्यास खेल



पहिलोपोस्ट

दश दिनपछि भारतमा नेपाली यू-१९ क्रिकेट टोलीको अभ्यास खेल
फाइल फोटो : रमन शिवाकोटी

काठमाडौं : आइसीसी यू-१९ विश्वकप क्रिकेट छनोटको तयारीका लागि भारतमा रहेको नेपाली युवा क्रिकेट टोलीले बल्ल आज पहिलो अभ्यास खेल खेल्ने मौका पाएको छ। गत जुन २३ मा भारतको नोइडा गएको नेपाली यू-१९ टोलीले यसअघि अभ्यास खेल खेल्ने भन्दै आएपनि नेट प्राक्टिस र प्रशिक्षणमै रमाउनु परेको थियो।

जुन २७ र जुलाई १ मा अभ्यास खेल खेल्ने भनिए पनि हुन सकेन। आज नेपाली यू-१९ टोलीले ग्रेटर नोइडाको फ्रेण्ड्स स्पोर्ट्स एकेडेमीसँग खेल्दैछ।

गौतम बुद्ध युनिभर्सिटी क्रिकेट ग्राउण्डमा भइरहेको खेलमा घरेलु टोलीले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ। यो समाचार तयार पार्दासम्म नेपालले ९ ओभरमा २ विकेट गुमाएर २३ रन बनाएको छ।

नेपाली टिमका व्यवस्थापक तथा टेक्निकल डिरेक्टर रमन शिवाकोटीका अनुसार खेल ४० ओभरको हुनेछ।



खेलको लाइभ अपडेटको लागि यहाँ क्लिक गर्नुहोस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell