PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

विराटनगर महानगरमा काङ्ग्रेसकै अग्रता



पहिलोपोस्ट

विराटनगर महानगरमा काङ्ग्रेसकै अग्रता

विराटनगरः विराटनगर महानगरपालिकामा काङ्ग्रेसका भीम पराजुली ८ हजार ४६ मतसहित अगाडि छन्। उनलाई एमालेका विनोद ढकालले ५ हजार ५ सय ८२ सहित पछ्याइरहेका छन्।

उपप्रमुखमा अगाडि रहेकी कांग्रेसकी इन्दिरा कार्कीले ५ हजार ५ सय ८२ मत प्राप्त गरेकी छन्। उनीसित नजिक रहेर प्रतिस्पर्धा गर्ने माओवादी केन्द्रकी नमिता न्यौपानेले ३ हजार ४ सय ५१ मत ल्याएकी छन्।

महानगरको १ र १६ को वडा अध्यक्षमा काङ्ग्रेसका उद्वव अर्याल र मनोज सुब्बा तथा १७ र १८ मा सङ्घीय समाजवादी फोरमका समिम कमर र सञ्जय शाहले विजय हासिल गरिसकेका छन्। वडा नं. २ मा एमालेका कुमार पोखरेलले वडा अध्यक्षमा जितेका छन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell