PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

कार्यकर्ता रिहाइको माग गर्दै नेकपाद्वारा रोल्पामा यातायात बन्द आह्वान



रासस

कार्यकर्ता रिहाइको माग गर्दै नेकपाद्वारा रोल्पामा यातायात बन्द आह्वान

रोल्पा : गिरप्तार गरिएका आफ्ना कार्यकर्ता अझै रिहा नगरेको जनाउँदै नेपाल कम्युनिस्ट पार्टीले रोल्पामा अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ। 

पार्टीका रोल्पा जिल्ला सेक्रेटरी दलकहादुर खत्रीले विज्ञप्ति जारी गरी निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता अझै रिहा नगरेको भन्दै बन्द आह्वान गरिएको बताएका छन्। 

रोल्पामा ११ जना र एक पत्रकारलाई गिरफ्तार गरी लामो समय हिरासतमा राखेर आइतबार राति १० बजे रिहा गरिए पनि केही दिनअघि अर्का कार्यकर्ता वीरबहादुर ओलीलाई गिरफ्तार गरी हालसम्म पनि रिहा नगरेको पार्टी रोल्पाले जनाएको छ। गिरतार गरिएका आफ्ना कार्यकर्ता रिहा नभएसम्म यातायात बन्द जारी रहने सो पार्टीले बताएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell