PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

चितवनकी एक महिलामा चिकनगुनिया भएको पुष्टि



राजेन्द्र आचार्य

चितवनः वर्षा सुरु हुनासाथ चितवनमा यो वर्ष फेरि एक महिलामा चिकनगुनिया भएको पुष्टि भएको छ। 

पूर्वी चितवनको खैरहनी नगरपालिकाकी एक महिलामा चिकनगुनिया भएको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले जानकारी दिए। 

जेठ १९ गते विरामी भई नारायणी सामुदायिक अस्पाालमा उपचार गर्न आएकी महिलामा रगत परीक्षण गर्दा चिकनगुनिया भएको पुष्टि भएको झाले बताए। उनको उपचार सकिएपछि मात्रै जनस्वास्थ्य कार्यालयले यसबारेमा जानकारी दिएको हो। 

नयाँ–नयाँ रोगको महामारी फैलिइरहेका बेला गत भदौँ र मंसिरमा दुई जनामा चिकनगुनिया फेला परेकोमा यसवर्ष भने सुरुवातमा नै असारमा यो रोग देखिएकाले उच्च उतर्कता अपनाइएको कार्यालयका किट नियन्यत्रक राम केसीले बताए। 

चिकनगुनिया एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्छ। यो डेँगुजस्तै रोग हो। चिकित्सकका अनुसार चिकनगुनिया भएका बिरामीलाई ज्वरो आउने, शरीरमा रातो–रातो बिमिराजस्ता डाबर आउने, बान्ता हुने तथा हड्डी तथा जोर्नी दुख्नेलगायत लक्षण देखापर्छ।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell