PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

झापामा कांग्रेस र एमालेका उम्मेदवारलाई बराबर मत



रासस

झापामा कांग्रेस र एमालेका उम्मेदवारलाई बराबर मत

झापा : झापाको कमल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारको मत बराबरी आएपछि अन्योल भएको छ। 

मतपरिणाम अनुसार नेकपा एमालेका अध्यक्षका उम्मेदवार मेनुका काफ्ले र कांग्रेसका हुकुमसिंह राईको मत बराबर आएपछि पुनःगणना गर्ने या गोलाप्रथा गर्ने भन्ने बारेमा अन्योल भएको छ। 

एमालेकी काफ्ले र कांग्रेसका राई दुवैले आठ हजार २७५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार सो गाउँपालिकामा राजनीतिक दलबीच गोलाप्रथाका लागि सहमतिको प्रयास भइरहेको छ। उनले दलहरुबीच कुरा नमिलेमा पुनः मतगणना हुने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell