काठमाडौं : झापाको कमल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका अध्यक्ष उम्मेद्वारले मत बराबरी ल्याएपछि कसरी विजयी उम्मेद्वार घोषणा गर्ने अन्यौल भएको छ।
मंगलवार सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमालेकी उम्मेद्वार मेनका काफ्लेले ८ हजार २ सय ७५ मत पाएको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइटेलले जानकारी दिए। पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'कसरी उम्मेद्वार घोषणा गर्ने भन्ने विषयमा हामी परामर्श गरिरहेका छौं।'
भर्खरै मतगणना भइसकेकाले केही निर्णय नभएको उनले बताए ।