PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

मोरङका बाँकी ५ नगरपालिकाको मतगणना जारी, कांग्रेस र एमाले २/२ तथा माओवादी एकमा अगाडि



पहिलोपोस्ट

मोरङका बाँकी ५ नगरपालिकाको मतगणना जारी, कांग्रेस र एमाले २/२ तथा माओवादी एकमा अगाडि

विराटनगरः मोरङमा मतगणना जारी रहेका ५ नगरपालिकामध्ये २/२ मा नेपाली काङ्ग्रेस र एमाले तथा एकमा माओवादी केन्द्र अगाडि देखिएका छन्।

मोरङको रङ्गेली नगरपालिकाको पछिल्लो परिणामअनुसार माओवादी केन्द्रका दिलीप बगौडियाले ४ हजार ८ सय ५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका मोदराज घिमिरेले ४ हजार ५ सय ३ मत प्राप्त गरेका छन्।

सुनबर्सी नगरपालिकाको प्रमुखमामा नेपाली काङ्ग्रेसले विजय हासिल गर्ने देखिएको छ। सुनबर्सीमा १ हजार ५ सय मतमात्र गणना हुन बाँकी रहेको र बुधबार बिहानसम्म परिणाम आइसक्ने निर्वाचन कार्यालयले जनाएको छ।

सुनबर्सीमा काङ्ग्रेसका प्रमुखका उम्मेदवार कालीप्रसाद दासले ४ हजार ७ सय ६९ र उनका नजिकका प्रतिस्पर्धी एमालेका हसन इमाम बक्स मियाँले ३ हजार ३ सय ५४ मत प्राप्त गरेका छन्।

त्यस्त,ै उर्लाबारी नगरपालिकामा काङ्ग्रेसका प्रमुखका उम्मेदवार खड्ग फागोले ९ हजार १ सय ७८ र एमालेका भूपालसिंह राईले ६ हजार ४ सय ९ मत प्राप्त गरेका छन्।

त्यसैगरी, एमाले अगाडि रहेको पथरीशनिश्चरे गाविसको मतपरिणाम आउन अझै ३ दिन लाग्ने बताइएको छ। पथरीशनिश्चरेमा कुल ९ मध्ये ५ वटा वडामा मतगणना भइसकेको छ। 

यस नगरपालिकामा एमालेका प्रमुखका उम्मेदवार दिलीपकुमार राईले ६ हजार १ सय ६५ र काङ्ग्रेसका गणेशकुमार खड्काले ४ हजार २३ मत ल्याएका छन्।

एमालेले अग्रता लिएको बेलबारी नगरपालिकामा बिहीबार बिहानसम्म अन्तिम परिणाम आइसक्ने निर्वाचन कार्यालयले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell