काठमाडौं: मृत्यु भएको चौथो दिन निलु डोमा शेर्पाको दाहसंस्कार भएको छ। आमा छिरिङ ल्हामु शेर्पा अष्ट्रेलियाबाट आएपछि उनको शवलाई स्वयम्भूस्थित आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिइएको हो। उनलाई श्रद्धाञ्जली दिन मृत्युको शोकमा रहेका परिवार, आफन्त, कलाकर्मी र ब्लु डाइमण्ड सोसाइटीका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।
बौद्ध परम्परा अनुसार गरिएको दाहसंस्कारमा लामाले मन्त्र उच्चारण गरेर निलुको आत्माको शान्तिका लागि कामना गरे। मृत्यु हुनुअघि नीशा अधिकारी र शरद भेषावकरको विवाह समारोहको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए निलु डोमाले। भोलीपल्टनै हृदयघातका कारण उनको निधन भएको हो। नव विवाहित जोडी शरद र नीशा पनि श्रद्धाञ्जली व्यक्त गर्न स्वयम्बु पुगेका थिए।
शोकको घडीमा अन्य कलाकार रेखा थापा, नम्रता श्रेष्ठ, बेनिसा हमाल, साहाना बज्राचार्य, आयुष्मान देशराज जोशी, आशिरमान देशराज जोशी, साम्तेन भूटिया, मिस नेपाल अश्मी श्रेष्ठ, बैंकर अनिल केशरी शाह, रबिना देशराज, एलजिबिटिआइका तर्फबाट भूमिका श्रेष्ठसहितको समुहको उपस्थिती रह्यो। किड्नीको समस्याका कारण केही समय अघि औषधी सेवन गरिरहेका निलुले केही समयअघि मात्र औषधी खान छोडेको बताइएको थियो।
शनिबार बिहान अचानक हर्ट अट्याक भएपछि महाराजगंज शिक्षण अस्पताल पुग्ने बित्तिकै डाक्टरले मृत घोषणा गरेका हुन्। उनको प्रोडक्शन सक्किएको फिल्म बारे हल्ला भएपनि आधिकारिक जानकारी भने प्राप्त भएको छैन। उनले २०७३ फिल्म 'हाउ फन्नी' निर्देशन गरेका थिए। त्यसअघि पुण्टे परेडमा उनले अभिनय गरेका थिए।