
काठमाडौं: फिल्म 'प्रेमगीत २'को गीत मोटरसाइकलमाको कभर भिडियो सार्वजनिक भएको छ। भिडियोमा डान्सिङ ग्रुप 'कार्टुन्ज क्रु' सँग मुख्य अभिनेत्री अश्लेषाको फिचरिङ रहेको छ।
एलिस कार्कीको संगीत रहेको गीतलाई प्रचार समाग्रीका रुपमा फिल्मको डिजिटल राइट्स खरिद गरेको हाइलाइट्स नेपालको अफिसियल च्यानलबाट अपलोड गरिएको छ। गीतमा प्रतास दास र इन्दिरा जोशीको स्वर छ।
स्कटिस थिममा निर्देशन गरिएको यो गीतको अघिल्लो संस्करणमा स्वस्तिमा खड्का, प्रदीप खड्का र अश्लेषा ठकुरीले अभिनय रहेको थियो। रामशरण पाठक निर्देशित फिल्म साउन १३ गतेबाट रिलिज हुँदैछ।
हेर्नुस् नयाँ भिडियो: