PahiloPost

Dec 9, 2025 | २४ मंसिर २०८२

शेखर कोइरालाको पकेट क्षेत्रमा लोकतान्त्रिक फोरमको झण्डा



अनन्तराज न्यौपाने

शेखर कोइरालाको पकेट क्षेत्रमा लोकतान्त्रिक फोरमको झण्डा

विराटनगरः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाको पकेट क्षेत्र मानिएको मोरङको बुढीगङ्गा गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमले झण्डा गाडेको छ।

कोइराला संसद्मा विजयी भएको यस गाउँपालिकामा लोकतान्त्रिक फोरमको नेतृत्व स्थापित भएको हो। 

निर्वाचन कार्यालयका अनुसार बुढीगङ्गामा लोकतान्त्रिक फोरमका बालचन्द्र माझी ५ हजार ३ सय २७ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका जितनारायण थापाले ४ हजार ५ सय ३७ मत प्राप्त गरे।

बुढीगङ्गामा उपाध्यक्षको कुर्सी पनि लोकतान्त्रिक फोरमकै हातमा परेको छ। फोरमका अमृता गच्छदारे ४ हजार ९ सय ७२ मत ल्याएर विजयी भइन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका रीता न्यौपानेले ४ हजार ५ सय ५९ मत ल्याइन्।

गाउँपालिकाका कुल ७ वटा वडामध्ये काङ्ग्रेसले एउटा मात्र वडा नं. २ मा वडाअध्यक्ष जितेको छ। वडा नं. ३, ७ र ६ गरी ३ वटामा लोकतान्त्रिक फोरम र १, ४ र ५ गरी ३ वटामा एमालेका वडा अध्यक्षले विजय हासिल गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell