
काठमाडौं: फिल्म 'म यस्तो गीत गाउँछु'को नयाँ गीत सार्वजनिक भएको छ। फिल्मको शिर्ष गीत 'कहाँ छ र?' भिडियो सहित बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा प्रमोद खरेल र अन्जु पन्तको स्वर रहेको छ।
असार ३० बाट सार्वजनिक हुने फिल्मको प्रचार प्रसारमा लागेको युनिटले फिल्म सार्वजनिक मिति नजिकिदै गर्दा गीत रिलिज गरिएको छ। कविराज गहतराजको निर्देशन रहेको गीतको भिडियोमा प्रमुख कलाकार पूजा शर्मा र पल शाहको फिचरिङ रहेको छ। गीतमा अर्जुन पोखरेलले संगीत दिएका हुन्।
सुदर्शन थापाको कथा र दिनेश न्यौपानेको पटकथामा तयार फिल्मलाई सुदर्शन थापाले नै निर्देशन गरेका हुन्। फिल्ममा पूजा शर्मा, पल शाहको साथमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी, नविन मानन्धर, करुन लामा, मोहन निरौला लगायतका कलाकारले अभिनय रहेको छ।
हेर्नुस् भिडियो: