PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

भारतीय प्रधानमन्त्री मोदी इजरायल र जर्मनी भ्रमणमा



रासस

भारतीय प्रधानमन्त्री मोदी इजरायल र जर्मनी भ्रमणमा
फोटो श्रोतःdeccanchronicle.com

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको औपचारिक भ्रमणका लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका छन्। 

इजरायल र जर्मनीको औपचारिक भ्रमणका लागि मोदी मङ्गलबार इजरायल प्रस्थान गरेका हुन्। 

भारतीय प्रधामन्त्रीबाट यहुदी राज्यको भ्रमण भएको यो नै पहिलो पटक हो। त्यसैले यस भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरुले ऐतिहासिक भनेका छन्। 

भारत र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा गरिने समारोहमा प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथि बनाइएको छ। 

विशेष समारोहमा सहभागिताका लागि ६ जुलाइसम्म इजरायलमा रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ। 

भ्रमणका क्रममा मोदीले आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँग भेटावार्ता गर्ने र वार्ताका क्रममा द्विपक्षीय चासोका धेरै विषयमा छलफल हुने जानकारी दिइएको छ।  

साथै मोदीले इजरायली राष्ट्रपति रेउभेन रिभरिनसँग पनि मोदीले शिष्टाचार गर्ने समाचारमा जनाइएको छ। 

‘भोलिबाट म इजरायलको ऐतिहासिक भ्रमण सुरु गर्दैछु र इजरायल भारतको एक घनिष्ठ मित्रको रुपमा रहेको छ– प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन्। 

यहुदी मुलुकको भ्रमण गर्ने म नै पहिलो भारतीय प्रधानमन्त्री हुन पाएकोमा मैले आफूलाई सौभाग्यशाली ठानेको छु– उनले भनेका छन्। 

मोदी पहिलो चरणमा इजरायलको भ्रमण गरी त्यसपछि जर्मनीतर्फ लाग्नेछन् । उहाँको साथमा भारतीय उच्च सरकारी अधिकारीहरुको समूह रहेको छ। 

जर्मनीको ह्याम्बर्गमा हुन लागेको जी–२० सम्मेलनमा भाग लिन उनी जर्मनी जान लागेका भारतीय विदेश मन्त्रालयले यस अघि नै जानकारी दिएको थियो।  रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell