काठमाडौं : झापाको कमल गाउँपालिकामा नेकपा एमालेका मेनका काफ्ले विजयी भएकी छन्। काफ्ले गोलाप्रथाबाट अध्यक्षमा विजयी भएकी हुन्।
मंगलवार सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमालेकी उम्मेद्वार मेनका काफ्लेले समान ८ हजार २ सय ७५ मत पाएका थिए। बराबर मत पाएपछि कसरी उम्मेद्वार जिताउने विषयमा राजनीतिक दल र आयोगका कर्मचारी बीच छलफल भयो जहाँ गोलाप्रथालाई उम्मेद्वार छनौट गर्ने माध्यम बनाइयो। अन्तत: जनताले बराबर मत दिएका दुई नेतामध्ये गोलाप्रथाबाट एमाले उम्मेदवारको भाग्य चम्कियो।