PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

पाल्पामा भिरबाट लडेर एक जनाको मृत्यु



रासस

पाल्पा : पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङ्ग्कोटमा लडेर आज एक जनाको मृत्यु भएको छ। भिरबाट लडेर रम्भा गाउँपालिका नम्ताहा झोकेदीका ५३ वर्षीय नीरबहादुर सुनारीको मृत्यु भएको हो। 

झोकेदी गाउँबाट घर फर्कने क्रममा मोटरबाटोबाट करिब १५० मिटर तल भिरमा लडेर उनको मृत्यु भएको हो। प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा भिरबाट शव निकालिएको स्थानीय एवत सारुले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell