PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नेपालगञ्ज : आफैलाई समेत भोट नहाल्ने मेयर उम्मेदवार, देशभर पहिलो भएको एमाले चौथो नम्बरमा



आकाश क्षेत्री

नेपालगञ्ज : आफैलाई समेत भोट नहाल्ने मेयर उम्मेदवार, देशभर पहिलो भएको एमाले चौथो नम्बरमा

नेपालगञ्ज : बाँके जिल्लाको एक मात्र उपमहानगरपालिका नेपालगञ्जको मतदानको परिणाम सार्वजनिक भएसँगै रमाइला तथ्य पनि भेटिएका छन्। 

झण्डै ४२ हजार मत सदर भएको उपमहानगरको मेयरका एक प्रत्याशीले सून्य मत ल्याए। मेयर पदका १६ उम्मेदवारमध्ये तीन जना स्वतन्त्र थिए। त्यसमध्ये एक ३३ वर्षीय रामबहादुर बूढाको मत सून्य रह्यो। कि उनले आफैलाई भोट हालेनन् कि उनको मत बदर भयो। 

त्यस्तै देशभर पहिलो भएको नेकपा एमाले नेपालगञ्जमा भने चौथो नम्बरमा सीमित हुन पुगेको छ। एमालेका मेयर उम्मेदवार समसुद्दिन सिद्दिकी ६ हजार ९६५ मतका साथ चौथो भए। उनी अगाडि माओवादी र नेपाली कांग्रेसका उम्मेदवार तेस्रो र दोस्रो भए।

कसले कति मत ल्याए?

 
धवलशम्मशेर जगंबहादुर राणा पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी 12515
सुरेश कुमार कानोडिया पुरुष नेपाली काँग्रेस 8730
दामोदर आचार्य पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 7198
समसुद्दीन सिद्दिकी पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) 6965
कमरुद्दीन राई पुरुष संघीय समाजवादी फोरम, नेपाल 5441
ऋतु शाही महिला मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) 647
गया प्रसाद कुम्हार पुरुष नेपाल परिवार दल 95
कृष्ण राज पाण्डेय पुरुष राष्ट्रिय जनमोर्चा 86
कृष्ण प्रसाद खरेल पुरुष राष्ट्रिय जनमुक्ति पार्टी 80
रसीद अहमद मनिहार पुरुष नेपाल मजदुर किसान पार्टी 39
मोहम्मद अजुव हल्वाई पुरुष स्वतन्त्र 19
अब्दुल सलाम सिद्धिकी पुरुष स्वतन्त्र 14
निर्मला चौधरी महिला नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) 10
मेवालाल हलवाई पुरुष स्वतन्त्र 9
रवि कान्त गुप्त पुरुष नेपाल जनता पार्टी 5
राम बहादुर बुढा पुरुष स्वतन्त्र 0
 

उपमेयरमा कसको मत कति?

उमा थापा महिला नेपाली काँग्रेस 10731
रमा रानी गुप्‍ता महिला राष्ट्रिय प्रजातन्त्र पार्टी 8924
शान्ती देवि ढकाल महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) 7773
कलामुन अंसारी महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 7067
शोभा कुमारी लखेर महिला नयाँ शक्ति पार्टी, नेपाल 5389
मीस वाहुन हक अन्सारी पुरुष मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) 1277
लक्ष्मी बस्नेत महिला नेपाल परिवार दल 118
झूपी खत्री महिला राष्ट्रिय जनमोर्चा 90
मीना कुमारी परियार महिला नेपाल मजदुर किसान पार्टी 51
रमेश चन्द्र कुम्हार पुरुष स्वतन्त्र 35



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell