PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

अख्तियारद्वारा उद्योग विभागका नायब सुब्बाविरुद्ध विशेष अदालतमा मुद्दा दायर



रासस

अख्तियारद्वारा उद्योग विभागका नायब सुब्बाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग त्रिपुरेश्वरका नायब सुब्बा गोविन्दप्रसाद कँडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नायब सुब्बा कँडेलले नेपालगन्जस्थित खड्का इन्डस्ट्रिज नामक पानी उद्योगको ट्रेडमार्क चिह्न प्रदान गर्ने सिलसिलामा ३३ हजार रुपैयाँ घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले केही दिन पहिले नियन्त्रणमा लिएको थियो। 

नायब सुब्बा कँडेलले कुशश्री विकमार्फत घुस लिएका थिए। लिएको रकममध्ये एक हजार आफैसँग राखी ३२ हजार कँडेललाई उपलब्ध गराएको आयोगले जनाएको छ। आयोगले बिगोसमेत असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell