PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

विराटनगरको मेयरमा २ हजार ६ सय मतले कांग्रेसको अग्रता



पहिलोपोस्ट

विराटनगरको मेयरमा २ हजार ६ सय मतले कांग्रेसको अग्रता

विराटनगरः विराटनगर महानगरपालिकामा नेपाली काङ्ग्रेसले फराकिलो मतान्तरसहित आफ्नो अग्रता राखेको छ।

महानगरमा काङ्ग्रेसका मेयरका आकांक्षी भीम पराजुली एमालेका विनोद ढकालभन्दा २ हजार ६ सय ७७ मतले अगाडि हुँदै आफ्नो अग्रता कायम राख्न सफल भएका हुन्।

निर्वाचन कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार काङ्ग्रेसका पराजुलीले ९ हजार १ सय २४ मत प्राप्त गरेका छन् भने एमालेका ढकालले ६ हजार ४ सय ४७ मत हासिल गरेका छन्।

उपमेयरमा पनि काङ्ग्रेसकै इन्दिरा कार्की ३ हजार ९ सय २६ मतले अगाडि देखिएकी छन्। इन्दिराले ६ हजार ४ सय ४७ र माओवादी केन्द्रकी नमिता न्यौपानेले ३ हजार ८ सय १४ मत ल्याएकी छन्।

महानगरका १९ मध्ये ६ वटा वडाको परिणाम घोषणा भइसकेको छ, १३ वटा वडाको गणना बाँकी छ। 

वडा नं. १, ३ र १६ मा काङ्ग्रेसका क्रमशः उद्वव अर्याल, विनोद बस्नेत र मनोज सुब्बा, १७ र १८ मा सङ्घीय समाजवादी फोरमका क्रमशः समिम कमर मियाँ र सञ्जीवकुमार साह तथा २ मा एमालेका कुमार पोखरेल वडा अध्यक्ष विजयी भएका छन्।

गणना हुन बाँकी १३ वटा वडामध्ये ५ वटा वडाको १० ठाउँमा गणना भइरहेको छ। वडा नंं. ४, ५, १४, १५ र १९ नम्बर वडाको गणना भइरहेको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell