PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

भोएज अफ क्रिएशन-३ अगस्ट १९ मा, २० डिजाइनरले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

भोएज अफ क्रिएशन-३ अगस्ट १९ मा, २० डिजाइनरले प्रतिस्पर्धा गर्ने

काठमाडौं : नेपाल इन्स्टिच्युट अफ फेसनको आयोजनामा आगामी भदौ ३ गते (अगस्ट १९) मा फेसन डिजाइनीङ कम्पीटिसन 'भोएज अफ फेसन-३' हुने भएको छ।

यसअघिका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको आयोजकले तेस्रो संस्करण अझै उत्कृष्ट र भव्य रुपमा गर्ने जनाएको छ।

युवा विद्यार्थीहरुको लागि यो कम्पीटिसन नयाँ जानकारी हासिल गर्ने मौकाको रुपमा रहनेछ।

गत संस्करणमा चर्चित भारतीय कलाकार राहुल रोए लगायत नेपालका चर्चित कलाकारहरु फेसन भोएजका मुख्य आकर्षकका रुपमा रहेको थिए। यस्तै यसपटक पनि सो स्टपरहरुको साथमा कार्यक्रमलाई मनोरञ्जनात्मक बनाइने आयोजकले जनाएको छ।

फेसन भोएजमा २० प्रतियोगिले प्रतिस्पर्धा गर्नेछन्। ट्यालेन्टेड योङ फेसन डिजाइनरलाई इन्टरनेशनल स्टानडर्डमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

फेसन कम्पिटिसनका विनर, रनरअफ लगायत अन्य विभिन्न विधाका विनरहरुलाई पनि पुरस्कृत गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell