PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

अभ्यास खेलमा नेपाल यु-१९ टोलीको जित

अभ्यास खेलमा नेपाल यु-१९ टोलीको जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आइसीसी यू-१९ विश्वकप क्रिकेट छनोटको तयारीका क्रममा भारतमा रहेको नेपाली यू-१९ टोलीले अभ्यास खेलमा जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपाली युवा टोलीले नोइडाको फ्रेण्ड्स स्पोर्ट्स एकेडेमी (एफएसए)लाई १ सय २१ रनले पराजित गरेको छ।

गौतम बुद्ध युनिभर्सिटी क्रिकेट ग्राउण्डमा टस जितेर घरेलु टोलीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरको खेलमा २ सय ५० रन बनाएको थियो। नेपालका लागि प्रनित थापा गरले सर्वाधिक ८७ रन बनाए। यस्तै अनिल शाहले ५०, दीपेन्द्र सिंह ऐरीले ४३ तथा रोहित कुमार पौडेलले २३ रन बनाए।

एफएसएका सोनु गुजारले ३ तथा कनिसिक भाटीले २ विकेट लिए।

जवाफमा २ सय ५१ रनको लक्ष्य पछ्याएको एफएसए ३२ ओरभमा १ सय २९ रनमै अलबउट भयो। एफएएसलाई कम स्कोरमा रोक्न नेपालका शहाब आलमले ५ ओभर बलिङ गर्दै २ मेडन राखेर १३ रन मात्र दिदै ३ विकेट लिए। यस्तै रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिए भने किशोर महतो, ललित नारायण राजवंशी र रिजन ढकालले १-१ विकेट झारे।

एफएसएका लागि सोनु गुजारले सर्वाधिक ३७ तथा बबी यादवले २४, सन्जिव अधाना र जितेन्द्र चौधरीले समान १८ रन बनाए।

यही जुलाईमा सिंगापुरमा हुने विश्व कप छनोटको तयरीका लागि गत जुन २३ मा भारत गएको नेपाली टोलीले अहिलेसम्म अभ्यास खेल खेल्न पाएको थिए।

फोटो : रमन शिवाकोटी



ट्रेन्डिङ पोस्ट

Ncell