PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

झापामा बसको ठक्करबाट दुईको मृत्यु, एक घाइते



रासस

झापामा बसको ठक्करबाट दुईको मृत्यु, एक घाइते

झापा : मेची राजमार्गअन्तर्गत झापाको बुधबारे–चारआली सडकखण्डमा दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। 

इलामबाट झापा आउँदै गरेको को१ख २९८८ नम्बरको बसले विपरीत दिशामा जाँदै गरेको मे३प ५४७३ नंको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक करिब ३५ वर्षीय एक पुरुष र त्यसमा सवार ५५ वर्षीया महिलाको मृत्यु भएको हो। मृतक दुवैको नाम र ठेगाना भन्ने खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। 

सोही बसले ठक्कर दिंदा गम्भीर घाईते भएकी बुद्धशान्ति गाउँपालिका–४ की पैदलयात्री ६० वर्षीया सन्तमाया तामाङको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell