PahiloPost

Jun 15, 2025 | १ असार २०८२

बाढीले सप्तरीका दर्जनौँ गाउँ जलमग्न



रासस

बाढीले सप्तरीका दर्जनौँ गाउँ जलमग्न

राजविराज : तीन/चार दिनदेखि परेको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका दर्जनौँ गाउँ जलमग्न भएका छन्। 

खाडो नदी, बिगुल, त्रियुगा, महुली र सुन्दरीलगायतका खोलामा बाढी आउँदा कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका, रुपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, कृष्णासवरण गाउँपालिकालगायत दर्जनौँ गाउँका एक हजार ५०० भन्दाबढी घर डुबानमा परेका छन्। 

बाढीले हजारौं विगहामा लगाइएको धानबालीसमेत बाढीले बगाएर लगेको हनुमाननगर कंकालनी नगरपालिका २ का हरिशकर बिश्वासले जानकारी दिए। 

खाँडो खोलाको बाढीले रुपनी गाउँपालिकाको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रसमेत जलमग्न भएको छ। औद्योगिक क्षेत्रको पर्खाल भत्काएर बाढी भित्र पसेको स्थानियबासीले बताएका छन्। 

यस्तै महुली खोलामा आएको बाढीले गर्दा पोर्ताहा ४, ६, ७, र ८ का करिब तीन सय भन्दा बढी घर डुबानमा पर्न जोखिम रहेको बताइएको छ। 

सुन्दरी खोलाको बाँध भत्किएर लोहजारस्थित दर्जन भन्दा बढी घरसमेत डुबानमा परेको छ भने तिलाठी कोइलाडी गाउँपालिको तिलाठी पनि खाँडो खोलाको बाढीले जलमग्न भएको छ। 

यता बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell