PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

रेडपान्डा र चितुवाको छालासहित तीन पक्राउ



पहिलोपोस्ट

रेडपान्डा र चितुवाको छालासहित तीन पक्राउ

सुर्खेत: दुर्लभ वन्यजन्तु रेडपान्डा र चितुवाको छालासहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिकोट महाबु– ३ का ३८ वर्षीय दीपक सिंह, खाडाचक्र नगरपालिका– ३ का २४ वर्षीय रमित मल्ल र दैलेख नारायण नगरपालिका– ११ का ३५ बलबहादुर सिंह रहेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुर्लभ रेडपान्डा र चितुवाको छाला दुई थान तथा त्यसको हड्डीसहित आज वीरेन्द्रनगरको एरिचोकबाट उनीहरुलाई पक्राउ गरेको हो।

आवश्यक कानुनी कारवाहीका लागि पक्राउ परेका सबैलाई जिल्ला वन कार्यालयलाई बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक मोहन आचार्यले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell