PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

एमालेको पकड क्षेत्र गौरादहमा कांग्रेसको जित



पहिलोपोस्ट

एमालेको पकड क्षेत्र गौरादहमा कांग्रेसको जित

झापा: नेकपा एमालेको पकड क्षेत्र मानिएको झापाको गौरादह नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन्। कांग्रेसका रोहितकुमार शाह मेयरमा निर्वाचित भएका छन्। उनले १० हजार ३०८ मत प्राप्त गरे। उपमेयरमा भने एमालेले जित हासिल गरेको छ। 

एमालेका निर्वाचित सांसद् दीपक कार्कीको निर्वाचन क्षेत्र समेत रहेको गौरादह एमालेको बलियो आधार क्षेत्र मानिन्छ। तर, एमाले उम्मेदवार मदन अधिकारीले उक्त क्षेत्रमा ९ हजार ८५४ मतमात्र पाए। 

उपमेयरमा एमालेकी गीता भेटवाल विजयी भएकी छन्। भेटवालले १० हजार ६२० मत पाइन्। उपमेयरमा कांग्रेसकी सुमित्रा खरेलले सात हजार ९११ मत ल्याइन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell