काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ३३४ स्थानीय तहमध्ये ३०३ स्थानको नतिजा आएको छ। अब ३० स्थानको नतिजा आउन बाँकी छ।
दोस्रो चरणको एकमात्र महानगर विराटनगरसहित, केही उपमहानगर नगरको मतगणना जारी छ। हालसम्म मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ। एमाले १३२ स्थानमा जितेर पहिलो स्थानमा छ। भने, दोस्रोमा रहेको नेपाली कांग्रेसले ११५ स्थानमा जित हासिल गरेको छ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेको छ। यस्तै, संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिकले ६/६ स्थानमा जित हासिल गरेका छन्। राप्रपा ४ स्थानमा विजयी भएको छ। राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्रले २ स्थानमा जित हासिल गरेका छन्।
जारी मतगणना अनुसार विराटनगर महानगरमा कांग्रेसले अग्रता कायमै राखेको छ। उपमहानगरमध्ये तुल्सीपुर, इटहरी, धरान र बुटवलमामा एमालेले अग्रता कायमै राखेको छ।