PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

सियारी गाउँपालिकामा एमाले विजयी



रासस

सियारी गाउँपालिकामा एमाले विजयी

बुटवल : रुपन्देहीको सियारी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेका उम्मेदवार अयोध्या थारू ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गरेका छन्। गाउँपालिकाको उपाध्यक्षमा एमालेकी अमृता गुरुङ विजयी भएकी छन्। उनी ६ हजार ५० मतसहित विजयी भएकी हुन्।  

सातवटा वडा रहेको सियारीमा पाँचवटा वडामा नेकपा एमाले र एक–एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेस विजयी भएका छन्। 

वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुणकुमार शाही, २ मा नेपाली कांग्रेसका रामकिसन थारू र ३ देखि ७ सम्म क्रमशः नेकपा एमालेका किसन अहिर, सिरिप्रसाद श्रेष्ठ, थम्मनबहादुर पौडेल, शेरबहादुर गुरङ र सरोज अधिकारी विजयी भएका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell