PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

झापाको गौरीगन्जमा राप्रपा विजयी



रासस

झापाको गौरीगन्जमा राप्रपा विजयी

दमकः झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जित हासिल गरेको छ। अध्यक्षमा राप्रपाका बाबुराज श्रेष्ठ तीन हजार ७४० मत ल्याएर विजयी भएका हुन्।। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी फूलवती राजवंशीले तीन हजार ४४३ मत प्राप्त गरिन्। 

उपाध्यक्षमा भने कांग्रेसका दीपेन्द्र थापा निर्वाचित भएका छन्। ६ वटा वडा रहेको गाउँपालिकाको वडामा कांग्रेसले चार, नेकपा माओवादी केन्द्र, र नेकपा एमालेले एक÷एक वडामा जित हासिल गरेका छन्।

कांग्रेसबाट वडा नं १ मा कार्तिकलाल राजवंशी, २ मा उघनुप्रसाद राजवंशी, ३ मा मखना महतो र ६ मा बद्रीनारायण यादव वडा अध्यक्षमा निर्वाचित भएका छन्। 

त्यस्तै, वडा नं ४ मा माओवादी केन्द्रका कुल्चन गिरी र ५ मा एमालेका विजयसिंह गन्गाई वडा अध्यक्षमा निर्वाचित भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell