PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

सर्फ्राज अहेमद पाकिस्तानको ३२औं टेष्ट कप्तान



पहिलोपोस्ट

सर्फ्राज अहेमद पाकिस्तानको ३२औं टेष्ट कप्तान

विकेटकिपर ब्याट्सम्यान सर्फ्राज अहमेदले अब तीन वटै फर्म्याटको क्रिकेटमा पाकिस्तानको कप्तानी गर्ने पक्का भएको छ।

पाकिस्तानी टेष्ट टोलीको ३२औं कप्तान नियुक्त भएसँगै उनले यो अवसर पाउन लागेका हुन्।

च्याम्पियन्स ट्रफी विजेता पाकिस्तानि टोलीलाई प्रधानमन्त्री निवासमा रिसेप्सन दिइएको कार्यक्रममा पिसिवीका प्रमुख सहारयर खानले उक्त घोषणा गरेका हुन्।

सर्प्राजकै कप्तानीमा पाकिस्तानले भारतलाई हराउँदै पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो।

सर्फ्राजले अब मिस्वा उल हकको स्थान लिनेछन्। 'पाकिस्तानलाई ती वटै फर्म्याटमा नेतृत्व गर्नु मेरो लागि सम्मान हो।' सर्फ्राजले भनेका छन्।

सन् २०१२ यता पाकिस्तानले तीन वटै फर्म्याटका लागि एकै कप्तान नियुक्त गरेको हो। २०१२ मा मिस्वा उल हलकले तीन वटै पर्म्याटको नेतृत्व गरेका थिए।

आगामी अक्टोबरमा श्रीलंका विरुद्ध युएईमा खेल्दै सर्फ्राजले टेष्ट कप्तानको सुरुवात गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell