PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मोरङको सुनवर्षी नगरपालिकामा कांग्रेस विजयी



रासस

मोरङको सुनवर्षी नगरपालिकामा कांग्रेस विजयी

विराटनगरर : मोरङको सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। 

प्रमुखमा कांग्रेसका कालीप्रसाद दास पाँच हजार ४७३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामप्रसाद राजवंशीले तीन हजार ८८४ मत प्राप्त गरेका छन्। 

त्यसैगरी, उपप्रमुखमा कांग्रेसकी मञ्जुकुमारी राई ६ हजार १९३ मत प्राप्त गरी विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मीरादेवी दासले चारहजार १७१ मत प्राप्त गरेकी छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell