PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

दश जिल्लाका २८ स्थानीय तहमा मतगणना जारी, २५ जिल्लाको सकियो



पहिलोपोस्ट

दश जिल्लाका २८ स्थानीय तहमा मतगणना जारी, २५ जिल्लाको सकियो

काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनमा २५ जिल्लाको मतगणना सम्पन्न भएको छ। बाँकी दश जिल्लाका २८ स्थानीय तहमा मतगणना जारी छ। 

निर्वाचन आयोगकोसंयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार १० जिल्लाका २८ स्थानीय तहको मतगणना कार्य जारी छ। ३ स्थानीय तहमा स्थगित मतगणना सुचारु गर्ने प्रयास भइरहेको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बुधबार बिहान ९ बजेसम्म ३०३ स्थानीय तहको मतगणना सम्पन्न भइसकेको छ। 

हालसम्म २५ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना कार्य सम्पन्न भएका जिल्लामा प्रदेश नम्बर १ मा इलाम, ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु छन्। 

यसैगरी, प्रदेश नम्बर ५ मा अर्घाखाँची, गुल्मी, नवलपरासी, पाल्पा, प्यूठान, बर्दिया, रोल्पा, रुकुम छन् भने प्रदेश नम्बर ७ मा अछाम, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना सम्पन्न भइसकेको छ। 

मतगणना जारी रहेका १० जिल्लामा प्रदेश नम्बर १ मा उदयपुर, झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर ५ मा कपिलवस्तु, रुपन्देही, दाङ, बाँके र प्रदेश नम्बर ७ मा कञ्चनपुर तथा कैलाली छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell