
काठमाडौं: गायिका भुमिका गिरीको तीज गीत सार्वजनिक भएको छ। 'दियौं चुरोट' बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो।
गीतमा पशुपति शर्मा र भुमिका गिरीको स्वर रहेको छ। गायक पशुपति शर्माकै शब्द र संगीत रहेको गीतको भिडियोमा गायिका भुमिका गिरी र निक्स शर्मासँग फिचरीङमा छन्।
दुर्गा पौडेलको छायांकन रहेको गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन्। भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ।
हेर्नुस् भिडियो: