PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

भोजपुरी फिल्मको नेपाल छायांकन, एउटै गीतको २० लाख बजेट



पहिलोपोस्ट

भोजपुरी फिल्मको नेपाल छायांकन, एउटै गीतको २० लाख बजेट

काठमाडौं: नेपाली द्धन्द निर्देशक चन्द्र पन्तले भोजपुरी फिल्म निर्देशन गर्ने भएका छन्। उनले भोजपुरी फिल्म डेब्युको रुपमा 'निरहुवा' निर्देशन गर्ने भएका हुन्। उनले आफ्नो भोजपुरी प्रोजेक्टमा नेपाली फ्लोरको पनि प्रयोग गरेका हुन्। फिल्मको एक गीत र अन्य केही प्लटको दृश्य पश्चिम नेपालमा छायांकन भएको हो।

३ करोड भारतिय रुपैंयामा निर्माण हुने भनेको फिल्म निरहुवामा समावेश गीतको यतिबेला नेपालका छायांकन सक्किएको। कुल बजेटको २० लाख नेपालमा भएको छायांकनको खर्च दाबी गरिएको छ। नेपालको जोमसोम, कागबेनी तथा पोखरा एयरपोर्टमा ७ दिन लगाएर एक गीतको छायांकन भएको छ।

निर्देशक चन्द्र पन्तले भने,'अहिले बनिरहेका अन्य भोजपुरी गीतहरुको बजेट २ लाख हो। हाम्रो यो प्रोजेक्टले भोजपुरी फिल्मको इतिहासलाइ नै परिवर्तन गर्नेछ।'

४० प्रतिशत छायांकन नेपाल र ६० प्रतिशत छायांकन लण्डनमा गरिने यो फिल्ममा भोजपुरी सुपरस्टार दिनेशलाल यादव तथा नायीका आम्रपालि दुवेले मुख्य अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell