
काठमाडौः प्रहरीले राजधानीका विभिन्न स्थानबाट हेलमेट र मोटरसाईकलको टायर चोर्ने एक युवालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको टोलीले हेलमेट तथा मोटरसाईकलका टायरलगायतका पाट्स चोर्ने काभ्रे चौरीदेउरालीका १८ वर्षीय राजन प्रधानलाई पक्राउ गरेको हो।
प्रधानलाई प्रहरीले गएराति बनेपास्थित उनकै कोठाबाट पक्राउ गरेको हो। उनले असार १९ गते काठमाडौंको जडिबुटीस्थित एक हेल्मेट तथा स्टिकर हाउसबाट सामान चोरी गरेका थिए।
प्रहरीले उनको कोठबाट ६६ थान चोरीका हेल्मेट, ८ थान मोटरसाईकलका टायर र २४ थान ट्युबलेस लिकुईड प्रहरीले बरामद गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ।