PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

३४ घण्टादेखि अवरुद्ध धरान उपमहानगरको मतगणना अझै सुचारु भएन



रासस

३४ घण्टादेखि अवरुद्ध धरान उपमहानगरको मतगणना अझै सुचारु भएन

इटहरी : धरान उपमहानगरपालिको मतगणना अवरुद्ध भएको ३४ घण्टा बितिसक्दा पनि पुनः सुरु भएको छैन।

मतगणनाको योगफलमा मतगणकले गम्भीर त्रुटि गरेको तथ्य फेला परेपछि असार १९ गतेदेखि अवरुद्ध भएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन। 

धरान–९ को मतगणना चलिरहँदा मतगणक मनबहादुर कार्की र धनकुमार राईले माओवादी केन्द्रका पक्षमा आएको ५० मत नेकपा एमालेको पक्षमा लागेर योगफल तयार पारेको आरोप लागेपछि मतगणना कार्य अवरुद्ध बनेको थियो।

मतगणना सुचारु गर्ने विषयलाई लिएर मङ्गलबार दिनभरि धरानमा पटक पटक बैठक बसेपनि राजनीतिक दलबीच सहमति कायम हुन सकेन। 

मतगणना सुचारु गर्ने बिषयमा आज पनि बैठक बोलाइएको छ । सहमति भयो भने दिउसोबाट मतगणना कार्य अगाडि बढ्न सक्ने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell