PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

खजुरा गाउँपालिकामा एमाले विजयी



रासस

खजुरा गाउँपालिकामा एमाले विजयी

बाँके : बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। 

अध्यक्षमा किस्मतकुमार कक्षपति आठ हजार ७० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डम्बर बिक तूफानले ६ हजार ८९२ मत प्राप्त गरे। 

उपाध्यक्षमा एमालेकै एकमाया विक आठ हजार २१४ मत प्राप्त गरी विजयी भए भने निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका फिरोज बानो खाँले ६ हजार ४३३ मत प्राप्त गरे। 

आठ वडा रहेको गाउँपालिकामा एमाले १, २ ४, ६ र ७ मा विजयी भएको छ भने कांग्रेस वडा नं ५ र ८ मा तथा माओवादी केन्द्र वडा नं ३ मा विजयी भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell