PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

'नेक्स्ट सुपर टप्स मोडल नेपाल'को दोश्रो अडिसन कहिले?



पहिलोपोस्ट

'नेक्स्ट सुपर टप्स मोडल नेपाल'को दोश्रो अडिसन कहिले?

काठमाडौँ: 'नेक्स्ट सुपर टप्स मोडल नेपाल'को दोस्रो अडिसन असार ३१ गते हुने भएको छ। प्रतियोगिताको पहिलो अडिसन असार १७ गते शनिबार सम्पन्न भएको थियो। नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि संयुक्त सौन्दर्य प्रतियोगिता मोडल सङस नेपालले आयोजना गरेको हो।

पहिलो अडिसनबाट पचास सहभागीहरुले अडिसन दिएका थिए। प्रतियोगिताको दोस्रो अडिसनमा भाग लिनको लागि १६ बर्ष देखि ३० वर्षसम्मका सबैले पाउने आयोजक संस्थाले जानकारी दिएको छ। महिला सहभागी चार फिट पाँच इन्च हुन पर्ने र पुरुष प्रतियोगी पाँच फिट पाँच इन्च हुनपर्ने समेत जनाइएको छ।

प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा सहभागिता हुन पाउने बताइएको छ। प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गर्ने मोडल सङ्स नेपालले बताएको छ। सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिने दाबी छ। प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने आयोजक जानकारी डेभिल सिंह राजपुतले गराए।

इच्छुकले आयोजक संस्थामा सम्पर्क गर्न सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell