PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

पहिरोले गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक अवरुद्ध



रासस

पहिरोले गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक अवरुद्ध

गुल्मी : अबिरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक खण्ड गएरातिदेखि अवरुद्ध बनेको छ। 

सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे, बादरे भीर र मुसिकोट नगरपालिका अन्तरगत लौरेसिमल नजिकै पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो। 

जिल्लामा सबैभन्दा बढी सवारी साधन सञ्चालन हुँदै आएको व्यस्त उक्त सडकखण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडौंसम्म छुट्ने सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने छुटेका कतिपय सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्। 

पानी परिरहेको र सडकमाथिबाट पहिरो र ठूलाठूला ढुङ्गा खसिरहेका कारण पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। 

वर्षाले गुल्मीकै क्षेत्र नं– ३ अन्तर्गतका एक दर्जन भन्दाबढी ग्रामीण सडकसमेत अवरुद्ध भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell