PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

कोसी गाउँपालिकामा कांग्रेस विजयी



रासस

कोसी गाउँपालिकामा कांग्रेस विजयी

इनरुवा : सुनसरीको कोसी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

अध्यक्षमा अयुव अन्सारी चार हजार ७४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका अजय कुसियैतले दुई हजार ७२३ मत प्राप्त गरे। 

त्यस्तै, उपाध्यक्षमा कांग्रेसकै अनितादेवी यादव दुई हजार ७३२ मत प्राप्त गरी विजयी भइन्। 

आठवटा वडा रहेको गाउँपालिकाको वडा अध्यक्षमा क्रमशः वडा नं. १ मा स्वतन्त्र, २ र ३ मा कांग्रेस, ४ र ५ मा लोकतान्त्रिक फोरम नेपाल, ६ मा नेकपा एमाले तथा ७ र ८ मा सङ्घीय समाजवादी फोरम नेपाल विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell