PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

बुटवलमा एमालेले मतान्तर बढायो



रासस

बुटवलमा एमालेले मतान्तर बढायो

बुटवल : बुटवल उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा नगरप्रमुख पदमा नेकपा एमालेले मतान्तरलाई बढाएको छ। 

कुल खसेको ४९ हजार ८९५ मतमध्ये अहिलेसम्म ४६ हजार ६६१ मत गणना सकिएको छ। उपमहानगरपालिकाको १९ वडामध्ये १७ वटा वडाको मतगणना सकिएको छ। 

प्रमुख पदमा एमालेका शिवराज सुवेदी नेपाली कांग्रेसका खेलराज पाण्डेभन्दा दुई हजार ६१ मतले अगाडि छन्। सुवेदीले २२ हजार ३५ मत प्राप्त गरेका छन् भने पाण्डेले १९ हजार ३५४ प्राप्त गरेका छन्। 

उपप्रमुखमा एमालेकी गुमादेवी आचार्यले २० हजार ४० मत ल्याएकी छन् भने माओवादी केन्द्रका जगतबहादुर पोखरेलले १३ हजार ५९४ मत प्राप्त गरेका छन्। 

उपमहानगरको वडा नं १७ मा एमालेले वडा अध्यक्षसहित पूरै समूह जितेको छ। एमालेले हालसम्म वडा नं १३ को एउटा वडा सदस्य र अध्यक्ष तथा वडा नं १ मा एउटा वडा सदस्यबाहेक सम्पूर्ण पदमा जित हासिल गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell