PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

विराटनगर महानगरको मेयरमा कांग्रेस तीन हजार मतले अगाडि



रासस

विराटनगर महानगरको मेयरमा कांग्रेस तीन हजार मतले अगाडि

विराटनगरः विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। 

महानगरपालिकाको मेयरमा कांग्रेसका भीम पराजुलीले १० हजार ३२० मत, नेकपा एमालेका विनोद ढकालले सात हजार ४५१ तथा सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले पाँच हजार ७१५ मत प्राप्त गरेका छन्। 

उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले आठ हजार ६७४ मत, नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले चार हजार ५०५ तथा नेकपा माओवादी केन्द्रकी का नमिता न्यौपानेले चार हजार ४८१ मत प्राप्त गरेकी छन्। 

विराटनगर महानगरपालिकाको १९ वटा वडामध्ये १, २, ३, ४, १६, १७, १८ र १९ गरी आठवटा वडाको मतगणना सम्पन्न भएको छ। अहिले वडा नं ५ र १५ को मतगणना भइरहेको छ। 

विराटनगर– १९ मा स्वतन्त्र समूह विजयी 

विराटनगर महानगरपालिकाको वडा नं १९ बाट वडा अध्यक्षलगायत सबै सदस्य पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बद्रीनारायण सरदार ६४२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ६२१ मत प्राप्त गरेका छन्। वडा सदस्यमा जितेन्द्र खवास, नागेश्वर राजवंशी, सम्झना भुजेल र दलित महिला सदस्यमा विना सरदार विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell