PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

मेसी २०२१ सम्म बार्सिलोनामै रहने



पहिलोपोस्ट

मेसी २०२१ सम्म बार्सिलोनामै रहने

अर्जेन्टाइन सुपरस्टार लियोनाल मेसी सन् २०२१ सम्म स्पानिस जायन्ट बार्सिलोनामै रहने भएका छन्। भर्खरै रोकुज्जासँग विवाह गरेका मेसीले क्याटलान क्लब बार्सिलोनासँग केही दिनमै सम्झौता थप गरिने क्लबले जनाएको छ।

अहिले छुट्टिमा रहेका मेसीले क्लबमा फर्केपछि सम्झौता गरिनेछ र सन् २०२१ को जुन ३० सम्म मेसी बार्सिलोनामै रहनेछन्।
 

सम्झौता थप भएपछि मेसीले अजै चार वर्ष बार्सिलोनाका लागि खेल्नेछन्।

सन् २००० मा १३ वर्षकै उमेरमा अर्जेन्टिनाबाट बार्सिलोना पुगेका मेसीले क्लबमा रहदा विभको प्राय सबै रेकर्ड तोडिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell