PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

आशिरमान देशराज जोशी भन्छन्- म राज्यलाई ट्याक्स तिर्छु



पहिलोपोस्ट

आशिरमान देशराज जोशी भन्छन्- म राज्यलाई ट्याक्स तिर्छु

काठमाडौं: बैंकर रबिना देशराज जोशीका छोराहरु भनेर चिनिने आयुषमान देशराज जोशी र आशिरमान देशराज जोशीले छोटो समयमै फिल्म क्षेत्रमा राम्रो फ्यान फलोइङ बनाए। अब यि दुबै कलाकारलाई परिचयका लागि आमाको नाम जोडिन आवश्यक छैन। आयुषमान देशराजले चपली हाइट २ बाट डेब्यु गरे भने भाइ आशिरमान जोशी फिल्म 'ग्याङ्स्टर ब्लूज'बाट अभिनेताको रुपमा देखा पर्दैछन्।

गत कार्तिकमा घोषणा भएको फिल्मले तेस्रोपटक फाइनल कलाकारको लिस्ट सार्वजनिक गरेपछि गत फागुनबाट मात्र फ्लोरमा उत्रिएको थियो। फिल्मको मुख्य कलाकारको रुपमा भने आशिरमान देशराज जोशी र आना शर्मा निश्चित भएका थिए। त्यसअघि फिल्ममा जेरीमा आनासँगै देखिएका अनमोल रहने हल्ला थियो। आना र आशिरमानसँगै गौरव पहारी औपचारिक रुपमा घोषित भएपनि उनी आउट भए। उनलाई नाजिरले रिप्लेस गर्ने भनिएपनि गौरवलाई प्रमोद अग्रहरीले रिप्लेस गरे।

गाजलु, जेरी र होस्टलमा अनमोल केसीले काम गरे। फिल्म सम्बोधन र ग्याङस्टर ब्लूजमा हेमराज बिसीले उनलाई नलिनुको कारण अनमोलको पारिश्रमिकलाई कारण बनाएर गसिप बन्यो। खबर आधिकारिक पुस्टि नभएपनि अनमोल पिता भुवन केसी र निर्माण युनिटबिच केही समय अनमोल अनुबन्धन बारे चर्चा चल्यो। अन्तत फिल्ममा आशिरमान देशराज जोशी लिडमा देखिने भए।

एक करोड बिस लाख कुल बजेट रहेको फिल्ममा कति हो त आशिरमानको पारिश्रमिक? 'टोटल पाँच लाख', निर्देशक हेमराज बिसीले बताए। उनले आशिरमानको काम आफूलाई निकै चित्त बुझेको समेत बताए। बुधबार फिल्मको ट्रेलर सार्वजनिक भएको छ। एक्शन र रोमान्स मिश्रित ट्रेलरमा आशिरमान, आना, प्रमोद, संयम र रोजिशा केन्द्रमा छन्।




ट्रेलरले आफूलाई निकै उत्साही बनाएको बताउँदै आशिरमानल् भने,'अठार वर्षको उमेरमा मैले जति प्रयास गरेको छु यसले मेरो परिवारलाई खुसी बनाएको छ। म पनि खुसी छु। ट्रेलरमा हेरेर मेरो काम बारे दर्शकले राम्रो/नराम्रो प्रतिक्रिया जनाउनु हुनेछ।' उनले आफ्नो पारिश्रमिकबारे खुलेर नबोले पनि भने,'म राज्यलाई ट्याक्स तिर्छु।' केही बेर हाँसेर थपे,'फिल्म चलोस् भन्ने छ। कामको लागि सहज वातावरण बनाइदिनु भएको निर्माण युनिटका सम्पूर्णलाई धन्यवाद।'

नेपालगञ्जमा छायांकन गरिएको फिल्मले तराई क्षेत्रको आपराधिक घटना र युवापुस्ताको जीवनीलाई मुख्य विषय बनाएको छ। फिल्ममा आना शर्मा, आशिरमान देशराज जोशी, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा साही सँगै श्रृष्टी कार्की, अरुणा कार्की, नरेश पौडेल लगायतको मुख्य अभिनय रहेको छ। हेमराज बिसी निर्देशित फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell