PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

कैलालीको लम्की र घोडाघोडीमा एमाले विजयी



रासस

कैलालीको लम्की र घोडाघोडीमा एमाले विजयी

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। 

नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तबहादुर थापाले छ हजार २५५ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा एमालेकी टीका थापा सात हजार ९०५ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका धनादेवी चौधरीले पाँच हजार ४९ मत प्राप्त गरिन्।

यस्तै, कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख र उपप्रमुखमा पनि एमाले विजयी भएको छ। प्रमुखमा ममताप्रसाद चौधरी आठ हजार १६४ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण चौधरीले सात हजार २३७ मत प्राप्त गरे। 

उपप्रमुखमा एमालेकै प्रेमकुमारी थापा सात हजार २३४ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दुर्गा चलाउने खड्काले सात हजार ६४ मत प्राप्त गरिन्।

नगरपालिकाको वडा नं १, ४, ५, ७, ९ र १० को वडा अध्यक्षमा एमाले, वडा नं २ र ८ मा कांग्रेस, वडा नं ३, ६ र १२ मा माओवादी केन्द्र तथा वडा नं ११ मा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। कैलालीको १३ स्थानीय तहमध्ये १२ वटाको नतिजा आइसकेको छ भने धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell