PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

दोस्रो अभ्यास खेलमा नेपाली यू-१९ टोली २४९ रनले विजयी



पहिलोपोस्ट

दोस्रो अभ्यास खेलमा नेपाली यू-१९ टोली २४९ रनले विजयी
फोटो : रमन शिवाकोटी

काठमाडौं : आइसीसी यू-१९ विश्कप क्रिकेट छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय यू-१९ टोलीले लगातार दोस्रो खेल जित हात पारेको छ।

भारतको ग्रेटर नोइडामा बुधबार भएको खेलमा नेपालको युवा टोलीले गुरुग्राम स्पोर्ट्स क्लब (जिएससी) लाई २४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

गौतम बुद्ध युनिभर्सिटी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ३३८ रन बनाएको थियो। नेपालको लागि उच्च स्कोर बनाउने क्रममा आदिल खानले सर्वाधिक ७५ तथा ओपनर सन्दीप सुनारले ५८ रन बनाए। यस्तै दीपेन्द्र सिंह ऐरीले ४८, पवन सराफले ४७ तथा प्रनित थापा मगरले २८ रन बनाए।

जवाफमा ३३९ रनको लक्ष्य पछ्याएको जिएससी नेपालको धारिलो बलिङ सामु टिक्न सकेन र २९.१ ओभरमा ८९ रनमा अलआउट भयो। जिएससीलाई अलआउट गर्ने नेपालका लागि पवन सराफले सर्वाधिक ४ विकेट लिए। ६ ओभर बलिङ गरेका पवनले २ मेडन राख्दै १८ रन खर्चेर ४ विकेट लिएका हुन्। यस्तै रोहित कुमार पौडेल र विक्रम कुमार भुसालले २-२ विकेट लिए।

जिएससीका लागि प्रतास संहले सर्विधक २८ रन बनाए।

गत जुन २३ मा भारत गएको नेपाली टोलीले मंगलबार भएको पहिलो अभ्यास खेलमा फ्रेण्ड्स स्पोर्ट्स एकेडेमीलाई १२१ रनले हराएको थियो

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell