PahiloPost

Mar 15, 2026 | १ चैत्र २०८२

‘छिन्नलता गीत विशेष सम्मान’ श्रेष्ठ र क्षेत्रीलाई 



रासस

काठमाडौँ : छिन्नलता गीति पुरस्कार गुठीले २०७३ को ‘छिन्नलता गीत विशेष सम्मान’ गायन विधामा माधवलाल श्रेष्ठ र सङ्गीत विधामा मणिकमल क्षेत्रीलाई दिएको छ। 

ती दुवै सम्मानका साथ जनही ५०–५० हजार रुपैयाँ छ । त्यस्तै गीत रचनातर्फ धनेन्द्र विमल, सङ्गीततर्फ टीका भण्डारी र गायनतर्फ शिशिर योगी सम्मानित भएका छन्। ती सबै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ छ। 

त्यस्तै, छिन्नलता नवप्रतिभा सम्मान मीना निरौला पोख्रेललाई प्रदान गरिएको छ। सम्मानका साथ ३५ हजार रुपैयाँ छ।

पुरस्कार प्रदान गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली भाषा, कला र साहित्य समृद्ध रहेको बताउँदै गाउँ घरमा घाँस काट्दा, मेलापात जाँदा तथा विभिन्न चाडपर्वमा गाइने लोकगीतको इतिहास ४०० वर्ष पुरानो रहेकाले यसको अनुसन्धान गर्नुपर्ने बताए। 

सम्मानित गायक श्रेष्ठले गीतसङ्गीतमा लय तथा गीतमा तागत हुने बताए । यो पुरस्कारबाट हालसम्म १८९ जना पुरस्कृत भइसकेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell