PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

बढी शुल्क लिने निजी विद्यालयविरुद्ध क्रान्तिकारीले थप कडा आन्दोलन गर्ने



रासस

बढी शुल्क लिने निजी विद्यालयविरुद्ध क्रान्तिकारीले थप कडा आन्दोलन गर्ने

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले मापदण्डभन्दा बढी शुल्क लिने उपत्यकाका निजी विद्यालयविरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने भएको छ। 

जेठ १५ मा शिक्षा मन्त्रलय र विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट १५ दिनभित्र शुल्क फिर्ता गराउने सहमति भएपनि लागू नभएको भन्दै सो सङ्गठनले कडा आन्दोलनको चेतावनी दिएको हो। 

सङ्गठनले त्यसरी शुल्क बढी लिने र फिर्ता लिन अटेरी गर्ने काठमाडौँ, भक्तपुर र ललितपुरका ३१ निजी विद्यालयको लेखा शाखामा तालाबन्दी जारी राखेको छ भने थप आन्दोलन गर्ने जनाएको छ।

सङ्गठनका सचिव रामबहादुर विकले शिक्षामा माफियाकरणको अन्त्य नभएसम्म आन्दोलन जारी रहने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell