PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

बुटवल उपमहानगर प्रमुखमा एमालेका शिवराज सुवेदी विजयी



पहिलोपोस्ट

बुटवल उपमहानगर प्रमुखमा एमालेका शिवराज सुवेदी विजयी

रुपन्देहीः नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलको गठबन्धनलाई पाखा लगाउँदै बुटवल उपमहानगरपालिकामा नेकपा एमाले प्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएको छ। 

प्रमुखमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा नेकपा एमालेकै गुमादेवी आचार्य २५ हजार ३०१ मत प्राप्त गरी विजयी भइन् निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय पार्टी जनमुक्तिबाट उम्मेदवार बनेका माओवादी केन्द्रका जगत पोखरेलले १४ हजार ७९२ मत प्राप्त गरेका छन्। 
वडा नम्बर १३,  १८ र १९  बाहेक सबै वडा एमालेले जितिको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell