PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

उर्लाबारीको उपप्रमुखमा राष्ट्रपतिकी देउरानी विजयी



रासस

उर्लाबारीको उपप्रमुखमा राष्ट्रपतिकी देउरानी विजयी

विराटनगरः मोरङको उर्लाबारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खड्ग फागो ११ हजार ६३२ मत प्राप्त गरी विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूपालसिंह जिमीले आठ हजार ५४२ मत प्राप्त गरे।

त्यस्तै, उपप्रमुखमा एमालेकी लक्ष्मी भण्डारी नौ हजार ५३९ मत प्राप्त गरी विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सीता कार्कीले नौ हजार २८० मत प्राप्त गरिन्। लक्ष्मी भण्डारी राष्ट्रपति विद्यादेवी भण्डारीकी देउरानी हुन्।

मोरङ जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको उर्लाबारी नगरपालिकामा कांग्रेसले पाँच वटा वडा अध्यक्ष र एमालेले चारवटा वडा अध्यक्षमा विजयी भएका छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell