PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बङ्गलादेशमा बाढीबाट ९ लाख प्रभावित



रासस

बङ्गलादेशमा बाढीबाट ९ लाख प्रभावित
फोटो श्रोतःhttp:dailyasianage.com

ढाका : यसवर्षको भारी मन्सूनी वर्षाबाट अहिलेसम्म करिब नौ लाख जनता नराम्ररी प्रभावित भएका र हजारौं परिवार विस्थापित भएका छन्।

बङ्गलादेशको प्राकृतिक प्रकोप व्यवस्थापन तथा उद्धार मन्त्रालयका सचिव शाह कमालले उत्तरपूर्वी बङ्गलादेशका दुई सिल्हेट र मोल्बी बजार तथा दक्षिणपूर्वी खण्डको कक्स बजारसमेत गरी तीन जिल्ला बाढीबाट प्रभावित भएका जानकारी दिए।

सरकारले बाढीबाट विस्थापित करिब दुई हजार परिवारलाई तुरुन्तै राहत सामाग्री उपलब्ध गराई अस्थायी बसोबासको प्रबन्ध मिलाएको उनले बताए।

बाढीले कुनै कुनै ठाउँका पूरै बस्ती नै बगाएको, असङ्ख्य बालीनाली सखाप पारेको, धेरै स्थानका सडक तथा राजमार्ग सञ्जालमा व्यापक क्षति पुर्याएको जनाइएको छ। कतिपय ग्रामीण इलाकामा खेतीयोग्य जमीन नष्ट पारेको, भवनलगायतका थुप्रै भौतिक संरचनामासमेत क्षति भएको छ । 

बाढीकै कारण विद्यालयको पठनपाठन बन्द भएको छ। दक्षिण एसियाकै होचो मैदानी भूभाग भएको बङ्गलादेशमा साना ठूला गरी दुई सय ३० वटा भन्दा बढी नदी नाला छन्।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell