PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

मोसुलमा अझै तीन सय आइएस लडाकु बाँकी



रासस

मोसुलमा अझै तीन सय आइएस लडाकु बाँकी
फोटो श्रोतःnationalinterest.org

मोसुल : इराकको मोसुलको पूरानो सहरको सानो इलाकामा अझै पनि करिब ३ सय इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारीहरू बाँकी रहेका त्यहाँका सैनिक कमाण्डरहरूले जानकारी दिएका छन्। 

मोसुलको पूरानो सहर टिग्रीस् नदीनजिकै सानो इलाकामा आइएस आतङ्ककारी समूहका करिब ३ सय आतङ्ककारी लडाई जारी राखेको अनुमान गरिएको मेजर जनरल समी अल आरीधीले बताएका छन्। 

यद्यपी सैनिक स्रोतले संवाददाताहरूलाई दिएको जानकारी अनुसार इराकीबलले मोसुल सहरको सानो इलाका कब्जा लिनका लागि थप प्रयास जारी राखेका छन्। 

गत मङगलबार इराकी सैनिक कमाण्डरले आइएस आतङ्ककारी समूहबाट इराकको मोसुल सहर पूर्ण स्वतन्त्रताको घोषणा दुई दिनभित्र हुने बताएका थिए।

इराकको राजधानी मोसुलबाट करिब ४ सय किलोमिटर उत्तरमा रहेको मोसुल सहर सन् २०१४ को जुनमा आइएस आतङ्ककारी समूहले कब्जामा लिएका थिए। 

यद्यपी सरकारी बलको अथक प्रयासबाट मोसुल सहरको उत्तर र पश्चिम क्षेत्रका कैयौ भागहरू सरकारको नियन्त्रणमा आईसेकेको छ। पश्चिमी मोसुलको केही भागमा अझै पनि भीषण झडप जारी छ।रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell